नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि बिभाग
क्षेत्रिय कृषि निदे॔शनालय
जिल्ला कृषि विकास कार्यालय, संखुवासभा
सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी जिल्ला कृषि विकास कार्यालय संखुवासभाको सूचना
प्रकाशित मिति 2074-08-15
|
नेपाल सरकार
कृषि विकास मन्त्रालय
जिल्ला कृषि विकास
कार्यालय संखुवासभाको
सिलबन्दी बोलपत्र
आह्वान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति:-
२०७४|०८|१५)
यस कार्यालयको चालु आ.ब. २०७४/७५
का लागि स्वीकृत बार्षिक कार्यक्रम अनुसार २०७४ चैत्र मसान्तसम्मठेक्का सम्झौता
मार्फत निम्न लिखित निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित
शर्त भित्र रही इच्छुक रजिष्टर्ड तथा इजाजत प्राप्त निर्माण व्यवसायीहरुले
रितपुर्वाकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ |
तपशिल
१. बोलपत्र सम्बन्धि कागजात
यो सूचना प्रथम पटक प्रकाशित भएको मिति देखि ३० औ
दिनको कार्यालय समयसम्म यस कार्यालयबाट निम्न बमोजिमको दस्तुर (फिर्ता
नहुने) तिरी खरिद गरि ३१ औ दिनको१२.०० बजे सम्म यस कार्यालयमा दर्ता गरिसक्नु
पर्ने छ |
२. बोलपत्र यो सूचना प्रकाशित
भएको मितिले ३१ औ दिन दिनको ठिक २.०० बजे जिल्ला कृषि विकास कार्यालय, संखुवासभाको
कार्यालय भवनमा कार्यालय प्रतिनिधि, बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा
खोलिने छ | सो दिन सार्वजनिक विदा पर्न गएमा त्यसको भोलिपल्ट तोकिएकै समयमा खोलिने
छ | बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन
|
३. बोलपत्र साथ आ.ब. २०७४/७५
सम्म नवीकरण भएको इजाजत पत्र, स्थायी/लेखा प्रमाण पत्र (मू.अ.कर दर्ता समेत), आ.ब.
२०७४/७५ का लागि मान्य हुने करचुक्ता प्रमाणपत्रको फोटो कपी नोटरी पब्लिकबाट
प्रमाणित गराई संलग्न राखी आधिकारिक व्यक्तिले रु. १०|- को टिकट टाँसी निवेदन
दिनुपर्ने छ |
४. सिलबन्दी बोलपत्र साथ
निम्न बमोजिमको उल्लेखित जमानत वापतको रकमराष्ट्रिय बाणिज्य बैंक, खाँदबारी स्थित
कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाको नाममा रहेको एकल धरौटी खाता नं. २०८०२०३००००००
मा जम्मा गरेको सक्कल भौचर वा सो रकम बराबर नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त
"क" वर्गका बाणिज्य बैंकहरुबाट यस केन्द्रको नाममा जारि भएको सिलबन्दी
बोलपत्र खोलेको कम्तिमा १२० दिन मान्य अवधि भएको बिडबंड सक्कलै पेश गर्नु पर्नेछ |
५. शर्त रहित, केरमेट नभएको र
कार्यालयले उपलब्ध गराएको बोलपत्रमा कुनै थपघट नगरेको हुनु पर्नेछ र समय सीमा
भित्र प्राप्त नभएको, रित नपुगेको, सार्वजनिक खरिद ऐन नियमावली विपरित भएको र यो
सूचनाको शर्त विपरित भएको बोलपत्र उपर कारवाही हुने छैन |
६. बोलपत्र खरिद वा दर्ता
गर्ने फर्महरुले कार्य स्थल र कामको सम्बन्धमा राम्रोसंग बुझी भरेको मानिने छ र एक
व्यक्ति वा फर्मको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला
गर्न पाईने छैन |
७. बोलपत्रमा दरभाउ भर्दा
स्पष्ट रुपमा अंक र अक्षरमा भ्याट वाहेकको मूल्य उल्लेख गर्नु पर्नेछ | अंक र
अक्षर फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ |
८. बोलपत्र दाताले खरिद
कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावितखरिद कार्यमा आफ्नो स्वार्थ नाबझिएको र
सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा कुनै सजाय नपाएको भनी लिखितरुपमा गरेको
स्वयं घोषणा पत्र बोलपत्र फारम साथ पेश गर्नुपर्नेछ |
९. कुनैपनि कारण जनाई वा
नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने तथा रद्द गर्ने सम्पूर्ण अधिकार यस
कार्यालयमा सुरक्षित रहनेछ | यस सम्बन्धमा कुनै कुरा बुझ्नु परेमा कार्यालयमा
कार्यालय समय भित्र सम्पर्क गरि बुझ्न सकिने छ |
१०. यो सूचनामा उल्लेख हुन
छुट भएका कुराहरु सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र अन्य
प्रचलित ऐन, नियम अनुसार हुनेछ |
११. कार्यको विवरण निम्न
बमोजिमको हुनेछ:-
|
सी. नं. |
ठेक्का नं. |
कार्य विवरण |
कन्टेंजेंसी र मू.अ.कर वाहेक लागत रकम रु. |
धरौटी रकम रु. |
बोलपत्र फारम दस्तुर रु. |
|
१ |
०१- ०७४/७५ |
कार्यालय भवनमा तल्ला थप |
२१५२,४५९|८४ |
६५०००|०० |
१०००|०० |