नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि बिभाग
क्षेत्रिय कृषि निदे॔शनालय
जिल्ला कृषि विकास कार्यालय, संखुवासभा
आ.ब. २०७४/७५ को कृषि प्रसार सम्बन्धि कार्यक्रम सम्बन्धमा स्थानीय तहहरुलाई अनुरोध तथा जानकारी |
प्रकाशित मिति २३ भदौ, २०७४
आ.ब. २०७४/७५ देखि कृषि प्रसार सेवा सम्बन्धि कार्यक्रमहरु स्थानीय तहबाट नै संचालन गर्ने नेपाल सरकारको निर्णय अनुसार कृषि विकास मन्त्रालय र कृषि बिभागबाट यस कार्यालयलाई प्राप्त जानकारी अनुसार यस जिल्लाका स्थानीय तहहरुमा कृषि विकास सम्बन्धि कार्यक्रम र बजेट पठाएको व्यहोरा अनुरोध छ | पठाएको कृषि प्रसार सम्बन्धि विनियोजित कार्यक्रम र बजेट (कृषि बिभाग- ब.उ.शि.नं. ३१२०१२ बाहेक) निशर्त अनुदानमा एवं वित्तिय सामान्यीकरणमा राखिएकोले स्पष्टरुपमा तहाँ नगरपालिका/गाउँपालिकाको विनियोजित कार्यक्रम र बजेटमा नदेखिएको व्यहोरा अनुरोध छ | साथै, तपसिलका तालिकामा उल्लेखित कृषि प्रसार सम्बन्धि कार्यक्रमहरु आ.ब. २०७४/७५ देखि जिल्ला कृषि विकास कार्यालयमा बजेट बिनियोजन नभएकोले यस कार्यालयबाट संचालन नहुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ | अन्य जानकारीको लागी जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहुन् अनुरोध छ |
तपसिल रकम रु. हजारमा
१.खाँदबारी नगरपालिका - ५०३०
२.चैनपुर नगरपालिका - ७२६४
३. धर्मदेवी नगरपालिका - ३६५६
४. पांचखपन नगरपालिका - ३८४२
५. मादी नगरपालिका - ४७६९
६. चिचिला गाउँपालिका - २८०३
७. भोटखोला गाउँपालिका - ५६९८
८. मकालु गाउँपालिका - ३३१८
९. सभापोखरी गाउँपालिका - ३१४३
१०. सिलिचोंग गाउँपालिका - ३७८३