नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि बिभाग
क्षेत्रिय कृषि निदे॔शनालय
जिल्ला कृषि विकास कार्यालय, संखुवासभा
संखुवासभा जिल्लाका कृषकहरुमा जिल्ला कृषि विकास कार्यालय, संखुवासभाको सादर अनुरोध |
आदरणीय कृषक दिदी बहिनी तथा दाजु भाईहरु,
आ.ब. २०७४/७५ देखि कृषि प्रसारका कार्यक्रमहरु स्थानीय तहबाट संचालन गर्ने नेपाल सरकारको निर्णय अनुसार तदनुरूप स्थानीय तहमा बजेट बिनियोजन भई कार्यन्वयन प्रक्रियामा गैसकेकोले, अब उपरान्त मांगमा आधारित अनुदानका कार्यक्रमहरु जस्तै:- उन्नत बिउ, बेर्ना एवं बोटबिरुवा वितरण, कृषि उपकरण एवं औजार वितरण, प्लाष्टिक टनेल वितरण यस कार्यालयमा संचालन नगरिने व्यहोरा जानकारी गराईन्छ | उक्त अनुदान एवं मांगमा आधारित कार्यक्रमहरु बारेमा सम्बन्धित स्थानीय तहमा नै सम्पर्क राख्नु हुन् अनुरोध गरिन्छ |
साथै, अन्य कृषि सम्बन्धि सेवाहरु जस्तै:- प्राविधिक सरसल्लाह, आवश्यक सिफारिसहरु, नवीकरण एवं अनुगमन निरीक्षण आदि क्रियाकलापहरु तथा सेवाहरु यस कार्यालयबाट प्रदान गरिनै रहने व्यहोरा अनुरोध छ |